अमेरिकाबाट फर्केका श्याम मरहठ्ठाको विमानमै मृत्यु

काठमाडौँ । अमेरिकाबाट फर्केका ७३ वर्षीय पुरुषले विमानमै ज्यान गुमाएका छन् । आइतबार ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टर्किस एयरलाइन्सको विमानमा गोरखा घर भएका श्याम मरहठ्ठाको मृत्यु भएको हो । अचेत भएर उनको मृत्यु भएको बताइएको छ । विमानमा मृत्यु भएका महरठ्ठाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी वसन्त रजौरेले बताए । उनले भने, ‘प्रहरीले कानुनी प्रक्रिया गरिरहेको छ ।’ टर्किस एयरको उडा नम्बर–७२६ नम्बरको विमानमा मरहठ्ठा परिवारसँगै फर्केका थिए । उनी गोरखा बारपाक सुलिकोट गाउँपालिका–२ का स्थानीय हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *