एसियन गेम्स छनोटमा नेपालको सानदार प्रदर्शन

नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटमा कमजोर चीनलाई २२१ रनले हराएको छ । सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो । चीनका लागि शेन्जियान झङले ३१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन राम्रो हुन सकेन । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ तथा नन्दन यादवले १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा २ विकेटको क्षतिमा ३१३ रन बनाएको हो ।

नेपालका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनले ३५औँ बलमा १२ छक्का र ५ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा कुशलको दोस्रो शतक हो । भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । भुर्तेलले नवौं ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी ४३ बलमा १२९ रन जोडेर आउट भए । यस्तै, कुशल मल्लले नटआउट ८५ रनको योगदान गरे । उनले ४७ बलमा ५ छक्का र ८ चौका प्रहार गरे । रोहित पौडेलले ७ छक्का र ५ चौकाको मद्दतमा ६९ रन जोडे । आशिफ शेख ११ रनमा आउट भए । चीनका लागि मा कुइनचेन र डेंग जिंकीले १–१ विकेट लिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *