पिपुल्स साकोेसद्वारा एसईई सम्मान तथा वित्तीय एवं प्रविधि साक्षरता कार्यक्रम

काभ्रे । पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले एसईई सम्मान तथा सहकारी शिक्षा,वित्तीय एवं प्रविधि साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सहकारी शिक्षा तथा समाज कल्याण उप–समितिको आयोजनामा बनेपा, तीनदोबाटो स्थित संस्थाको मुख्य कार्यालयमा शैक्षिक सत्र २०८२ सालमा एसईई उत्तीर्ण बाल बचतकर्ताहरुको सम्मान तथा वित्तीय एवं प्रविधि साक्षरता कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा बाल बचतकर्ता ३० जना र समिति, उप–समिति तथा कर्मचारीहरु गरी जम्मा ४६ जनाको सहभागीता रहेको थियो । सो कार्यक्रम सञ्चालक सदस्य एवं सहकारी शिक्षा तथा समाज कल्याण उप–समिति संयोजक द्वारीका गौतमले संयोजन गरेका थिए ।

कार्यक्रम संचालन लेखा अधिकृत सालु बादे तथा सहकारी शिक्षा, वित्तीय एवं प्रविधि साक्षरता प्रशिक्षण सहजिकरणमा प्रबन्धक नवराज सापकोटा, ऋण अधिकृत अमृत नापित र सहायक सुरबी कायस्थले गरेका थिए । उक्त कार्यक्रममा उपस्थित हुनेमा संस्थाका सचिव सन्तोष कुमार घिमिरे, सञ्चालक सदस्य मञ्जु कायष्ठ र सुलोचना श्रेष्ठकोे उपस्थिती रहेको थियो । स्वागत मन्तव्य राख्दै द्वारीका गौतमले सम्पूर्ण एसईई उतीर्ण बचतकर्ताहरुलाई बधाई एवं शुभकामना दिए । उनले यस्ता बाल कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै जाने बताए । सम्मानित बचतकर्ताहरुलाई उज्वल भविष्यको कामना गर्दै संस्थाका अध्यक्ष निरन शाक्यबाट कार्यक्रम समापन गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *