फोनपे नेटवर्कमा युनियनपे इन्टरनेसनल एकीकृत

ललितपुर । पेमेन्ट सिस्टम अपरेटर फोनपेले आफ्नो क्यूआर स्किममा युनियनपे इन्टरनेसनललाई सफलतापूर्वक एकीकृत गरेको घोषणा गरेको छ। यो सहकार्य नेपाललाई विश्वभरका यात्रुहरूका लागि डिजिटल रूपमा समावेशी गन्तव्य बनाउने दिशामा महत्वपूर्ण कदम मानिएको छ। यस एकीकरणसँगै हङकङ, मकाउ, सिंगापुर लगायत विश्वभरका युनियनपे प्रयोगकर्ताहरूले अब नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टहरूमा सहज रूपमा क्यूआर मार्फत भुक्तानी गर्न सक्नेछन्। यस सहकार्यको औपचारिक घोषणा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, युनियनपे इन्टरनेसनल, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्था, व्यवसायिक समुदाय तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले यो एकीकरण डिजिटल प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धि हुने बताए । युनियनपे विश्वकै सबैभन्दा ठूलो कार्ड तथा पेमेन्ट नेटवर्कमध्ये एक हो । ‘यसका प्रयोगकर्ताले अब सिधै फोनपे क्यूआर पूर्वाधारमार्फत कारोबार गर्न सक्नु नेपाललाई विश्वस्तरीय डिजिटल भुक्तानी गन्तव्यको रूपमा स्थापित गर्ने कदम हो’ उनले भने ‘यो केवल दुई संस्थाबीचको सहकार्य मात्र नभई नेपालको डिजिटल कनेक्टिभिटी विश्वस्तरमा विस्तार भइरहेको सन्देश पनि हो।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *