दराजद्धारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा : आकर्षक बचतका साथै भव्य उपहार जित्ने अवसर

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ६.६ मिड इयर शपिङ फेस्टको घोषणा गरेको छ । यस अवसरमा दराजले आकर्षक डिल्स, विशेष ब्रान्ड अफरहरु, भुक्तानीमा छुट सुविधा तथा रोमाञ्चक गिभअवे उपहारहरू समावेश गरिएको जानकारी दिएको छ । यो अभियान जुन ५ (जेठ २२, २०८३)को बेलुकी ८ बजेदेखि जुन १० (जेठ २७) सम्म सञ्चालन हुनेछ । यस अवधिभर ग्राहकहरूले विभिन्न क्याटेगोरीका उत्पादनहरूमा ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी तथा विशेष भौचरहरूको उपयोग गरी आकर्षक लाभ उठाउन सक्नु हुनेछन् । यी अफरहरुका माध्यमबाट उपभोक्ताको मध्य–वर्षीय किनमेललाई अझ लाभदायक बनाउने कम्पनीको विश्वास छ ।

योजना अवधिभर, ग्राहकहरूले दराजका लोकप्रिय ब्रान्डहरूबाट विशेष छुट प्राप्त गर्न सक्नु हुनेछन् । जस अन्तर्गत, प्लेटिनम ब्राण्ड पार्टनरहरु भ्यासेलिन, केमिस्ट एट प्ले तथा होनासाका तर्फबाट १५ प्रतिशतसम्म छुट, गोल्ड ब्राण्ड पार्टनर्स ब्राण्ड हाउस, न्यूलाईट सीओएसआरएक्सका तर्फबाट ७० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । साथै, सिल्भर ब्राण्ड पार्टनर्स फ्यानटेक, लिभाइस, एंकर र मारिकोका तर्फबाट ६५ प्रतिशतसम्म छुट सहितका अफरहरु पनि उपलब्ध हुनेछ । योजना अवधिभर ग्राहकहरूले ब्राण्ड रश आवर अफरहरूको पनि लाभ लिन सक्नु हुनेछन् । ब्राड रश आवर अफरहरु अन्तर्गत ६६ भन्दा बढी ब्रान्डका विशेष अफरहरू समावेश हुनेछन् । यो विशेष अफर जुन ५ को बेलुकी ८ बजेदेखि जुन ६को बिहान २ बजेसम्म तथा पुनः जुन ८ बेलुका ८ बजेदेखि मध्य रातसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *