शुभकामना साकोसद्वारा २६ औं स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर आयोजना
भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले वृहत स्वास्थ्य शिविर आयोजना गरेको छ । संस्थाले २६ औं स्थापना दिवसको अवसरमा के.एम.सी.अस्पताल दुवाकोटको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । भक्तपुरको ब्यासीमा भएको स्वास्थ्य शिविरमा सदस्यहरुले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग, ई.सी.जी. र यु.एस.जी. (ल्याब टेष्ट,सुगर, युरीया, युरीक एसिड, युरीन) जस्ता सेवाहरु प्रदान गरिएको थियो । संस्थाले सम्पूर्ण सेवाहरु निःशुल्क प्रदान गरिएको जनाएको छ ।

उत्त शिविरबाट सदस्य तथा गैर सदस्य गरी ५९८ जनाले सेवा लिएका थिए । संस्थाले सदस्य र समुदाय लक्षित विभिन्न्न कार्यक्रम गर्दै आएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर आयोजना गरेको हो । संस्थाले स्थापना दिवसको अवसर पारेर खुल्लारक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । विरामीहरुको उपचारका लागि अत्यावश्यक पर्ने रगतको मागलाई केही मात्रामा भए पनि पुरा गर्ने उदेश्यले रक्तदान आयोजना गरिएको संस्थाले जनाएको छ ।
















