सगुन साकोसद्धारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा डष्टविन वितरण

हरिवनको सर्लाहीमा मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले विश्व वातावरण दिवसको वृक्षारोपण कार्यक्रम गरेको छ । संस्थाले वातावरण जोगाउन पर्यावरणलाई सुरक्षित पार्दै पृथ्बीलाई हरियाली बनाउन हरिवन ४ पटौना स्थिति गणेस्थान मन्दिर परिसरमा ५० थान पुष्प तथा अन्य बनस्पतिको वृक्षारोपण कार्य गरेको जनाएको छ। हरिवन नगरपालिका वडा नं. ४ का वडाध्यक्ष केशवराज थापा एवं कार्यक्रमका प्रेमुख अतिथिले मन्दिर परिसरमा वृक्षारोपण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले गरेका थिए । त्यसैगरी स्वागत मन्तव्य हरि प्रसाद पुडासैनी र धन्यवाद ज्ञापन विप्लब कार्कीले गरेका थिए ।

संस्थाको संचालक, लेखा सुपरीवेक्षण समिति, उपसमति सदस्यहरु, मन्दिर ब्यस्थापनको अध्यक्ष समाजसेबी र व्यवस्थापन लगायतले गुलमोहर, तेजपत्ता, मलेसियन सालको ५० बोट विरुवा रोपेका थिए । संस्थाले सामुदायिक उत्तरदायित्व वहन गर्दै वातावरणलाई जोगाउन वृक्षारोपण कार्यक्रम गरिएको जनाएको छ । संस्थाले हरेका अन्तराष्ट्रिय वातावरण दिवसको आवसमा यस्था कार्यक्रमहरुलाई गर्दै आईरहेको छ । विश्व वातावरण दिवसको अवसरमा पर्यावरणलाई सुरक्षित पार्न र संस्थाको सामुदायिक उत्तरदायित्व वहन गर्दै हरिवन नगरभरि संचालनमा रहेको प्रा.वि. तथा आधारभूत विधालयहरुलाई डष्टविन वितरण गरेको छ ।

संस्थाले राम बहादुर पुलामी आ.वि., प्राथमिक विद्यालय मोहनपुर, आधारभुत विद्यालय पटौना,प्राथमिक विद्यालय पटौना, सर्बोदय प्रा.वि., जनजागृति प्रा।वि।पर्ताटोल, प्राथमिक विद्यालय बालगंगा र जनता प्रा.वि. दनुवारीलाई डष्टविन प्रदान गरेको हो । त्यसैगरी प्राथमिक विद्यालय अत्रौली भोक्टेनी,प्राथमिक विद्यालय घुर्कौली र बाढी पिडितत सुकुम्बासी प्रा.वि.लाई डष्टविन प्रदान गरिएको छ । संस्थाका उपाध्यक्ष राजकुमार उप्रेतीले समग्र कार्यक्रम आयोजना गर्नुको उदेश्य सहित वातावरण दिवसको शुभकामना दिएका थिए । कार्यक्रम संचालन प्रबन्धक रविन्द्र रानाले गरेका थिए । संस्थाले हरेक बर्ष अन्तर्र्र्राष्ट्र्रिय वातावरण दिवसको आवसमा यस्ता कार्यक्रमहरु गर्दै आएको रानाले बताए । विधालयहरुलाई ३्३ थान डष्टविनफोहोर व्यवस्थापन गर्न प्रदान गरिएको उनले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *