सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै तीन नयाँ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । नयाँ मन्त्रिमण्डलमा बेलबहादुर रानामगर सामाजिक विकासमन्त्री, विक्रमसिंह धामी आर्थिक मामिलामन्त्री तथा मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । त्यस्तै, मधु भारती सामाजिक विकास राज्यमन्त्री र जुना दानी आर्थिक मामिला राज्यमन्त्री नियुक्त भएका छन् । दुवै राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।















