६६ अर्बको बजेट ल्याउँदै बागमती प्रदेश

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को लागि ६६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ६६ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी भइरहेको हो । आज ४ बजेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिसमा आगामी आवको बजेट प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृत गरेको छ । बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको बताइएको छ । मन्त्रिपरिषद् बैठक लगत्तै प्रदेशसभाबाट बजेट प्रस्तुत गरिँदैछ । बागमती सरकारले चालू आव २०८२।८३ का लागि ६७ अर्ब ४७ करोडको बजेट ल्याएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *