अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
चितवन । पहिरोले अवरुद्ध भएको नारायणगढ,मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे लुइनखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले सडकमा दुईतर्फी यातायात सञ्चालन भइरहेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसीरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
















