इन्जुरी टाइम गोलमा घाना विजयी

काठमाडौं । इन्जुरी टाइमा गरेको गोल मदतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १ ० ले हराउँदै विजयी सुरुावात गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा बिहीबा भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गरे । बराबरीतर्फ अग्रसर खेलको दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा घानाका यिरेन्कीले गोल गरेका हुन् । यो जितपछि घानाले ३ अंक जोड्दै विश्वकप सुरुवात गरेको छ । इंग्ल्यान्ड र क्रोएसिया जस्ता टिम यस समूहमा जितपछि घानाले नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । अघिल्लो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४ २ ले पराजित गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *