बौद्धस्थित भाटभटेनी आजदेखि सञ्चालनमा आउने
काठमाडौं । बौद्धस्थित भाटभटेनी सुपर स्टोर आजदेखि सञ्चालनमा आउने भएको छ । उक्त स्टोर भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने ब्यहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानू पौडेलले जानकारी दिए । “ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको व्यहोरा समेत जानकारी गराइन्छ,” उनले भनेका छन् । भदौ २४ मा जेनजी आन्दोलनका क्रममा बौद्धस्थित भाटभटेनीमा पनि आगजनी गरिएको छ । त्यसबेला आगजनीले ध्वस्त पारिएका योसहित पाँचवटा स्टोर सञ्चालनमा ल्याइसकिएको छ ।
















