गाउँ भो रित्तो
बिश्र्वनाथ ढुङ्गेल, नुनबाजे
पानी परेन
घाम राप तातो छ
थोपै झरेन ।१
मेलो छोप्ने हो
मल बीउ पाईन्न
केले रोप्ने हो ।२
भर पर्ने हो
रेखदेख बाँदर
कस्ले गर्ने हो ।३
भाछ धराप
मकै बालि दुधेमा
पार्छ सखाप ।४
गाउँ भो रित्तै
मान्छे मार्ने बाँदर
धपाउ छिट्टै ।५
सधैं झर्को भो
हामि दुख गरेर
खानि अर्को भो ।६
माया जेलेर
माडारिन्छ धानमा
हाँसि खेलेर ।७
झेल्नै भ्याईन्न
जाईलाग्छ बाँदर
बोल्नै पाईन्न ।८
चोला फेर्लात
किसानि नै मर्ने हो
कस्ले हेर्लात।९
बालि लगायो
किसानिको बर्चस्व
बाँदर भयो ।१०
लौन हटाउ
गाउँको बस्तिवाट
डाँडाँ कटाउँ ।११
जन साथैमा
सुनी बुझि गरन
शक्ति हातैमा ।१२
मन सार्हो भो
पापि पेट पाल्नमा
अब गार्हो भो ।१३
















