कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता, ग्राहकले छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टर लिमिटेडबीच स्वास्थ्य परीक्षण सेवामा छुट उपलब्ध गराउने सम्झौता भएको छ । बैंक र नेशनल प्याथ ल्याबबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । सम्झौताअनुसार कुमारी बैंकका कर्मचारी बैंकका खातावाहक, डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता र मोबाइल बैंकिङ प्रयोगकर्ताले नेशनल प्याथ ल्याबका विभिन्न परीक्षण सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।सम्झौताअनुसार बैंकका कर्मचारीले नियमित प्याथोलोजी परीक्षणमा २० प्रतिशत र उच्चस्तरीय विशेष परीक्षणमा १० प्रतिशत छुट पाउनेछन्।

यस्तै, बैंकका ग्राहकहरूले नियमित परीक्षणमा १० प्रतिशत तथा विशेष परीक्षणमा ५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । नेशनल प्याथ ल्याबले बैंकका कर्मचारी तथा ग्राहकहरूलाई घरमै नमुना संकलन सेवा समेत उपलब्ध गराउने जनाएको छ । परीक्षण शुल्क र दूरीका आधारमा केही सेवामा होम कलेक्सन निःशुल्क हुनेछ । सम्झौता २४ जुन २०२६ देखि लागू भई प्रारम्भिक रूपमा २४ महिनासम्म कायम रहनेछ । दुवै संस्थाले यस सहकार्यलाई विभिन्न प्रचारमाध्यममार्फत सार्वजनिक गर्ने तथा सेवाग्राहीलाई उपलब्ध सुविधाबारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *