समूह एफको शीर्षस्थानमा नेदरल्याण्ड्स

काठमाडौं । विश्वकपको समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह एफ को विजेता बनेको छ । नेदरल्याण्ड्सले ट्युनिसियालाई ३-१ ले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा ट्युनिसियाका एलिस स्किरीले आत्मघाति गोल गर्दा नेदरल्याण्ड्सले अग्रता लियो । सातौँ मिनेटमा ब्रायन बबीको गोलमा नेदरल्याण्ड्स २-० को स्थितिमा पुग्यो । ट्युनिसियाका हाजेम मस्त्यौरीले गोल फर्काएका थिए । ६३ औँ मिनेटमा नेदरल्याण्ड्सका जोन पाउल भानले गोल गरेपछि नतिजा ३-१ मा पुगेको हो । समूह चरणका खेलमा नेदरल्याण्ड्सले जापानसँग बराबरी खेल्दै १ र स्वीडेनसँग ५-१ अन्तरले विजयी हुँदै तीन अंक बुटलेको थियो।

ट्युनिसियासँगको जितबाट तीन अंक प्राप्त गरेसँगै तालिकामा नेदरल्याण्ड्सको अंक सात पुगेको छ । यता, जापान र स्वीडेनबीचको खेल बराबरीमा टुंगिएको छ । उनीहरूबीचको खेल १-१ को बराबरीमा टुंगिएको हो । जापानका लागि डेजिन मेदाले ५५ औँ मिनेटमा गोल गरेका थिए । स्वीडेनका एन्थोनी एलेग्नाले ६१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए । जापानले यसअघि नेदरल्याण्ड्ससँगको खेल बराबरीमा टुंग्याएको थियो भने ट्युनिसियालाई ४-० ले पराजित गरेको थियो । स्वीडेनले समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई ५-१ ले हराएको थियो भने नेदरल्याण्ड्ससँग ५-१ ले पराजित भएको थियो । तालिकामा जापान दोस्रो र स्वीडेन तेस्रो स्थानमा रहेका छन् । समूह चरणका सबै खेलमा पराजित भएको ट्युनिसिया भने विश्वकपबाट बाहिरिन पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *