सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोट बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित
भक्तपुर । सूर्यविनायक नगरपालिकामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियानले तीव्रता पाएको छ। यसै क्रममा सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोटलाई औपचारिक रूपमा “बालमैत्री स्थानीय शासनयुक्त वडा” घोषणा गरिएको छ।

सूर्यविनायक नगरपालिकामा यसअघि वडा नं. १ र २, ७ लगायतका वडाहरू बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेका छन् भने अभियानअन्तर्गत अन्य वडाहरूमा समेत प्रक्रिया अघि बढिरहेको छ।

नगर प्रमुख वासुदेव थापाले वडा नं. ३ बालकोटलाई बालमैत्री वडा घोषणा गर्नु भएको छ । कार्यक्रममा उपप्रमुख सरिता भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युगराज आचार्य, वडा अध्यक्ष दिपेन्द्र केसी लगायत जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला तथा तुवाचो गणेश धिमाय खलः को सहभागिता रहेको थियो।

कार्यक्रममा वडा बालमैत्री स्थानीय शासन समितिका प्रतिनिधि, कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो। स्थानीयबासीहस्को बाक्लो उपस्थिती रहेको थियो भने वडाका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा विशेषगरी इडेन गार्डेन स्कुलका विद्यार्थीहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

बालबालिकाको अधिकार, सुरक्षा, संरक्षण, शिक्षा, स्वास्थ्य, सहभागिता र समग्र विकासलाई प्राथमिकतामा राख्दै बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यसहित घोषणा गरिएको यो उपलब्धि सूर्यविनायक नगरपालिकाको बालमैत्री अभियानमा महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
















