महालक्ष्मी विकास बैंकद्वारा ५ जना विद्यार्थीहरूलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरूका संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठ, स्व. हरि प्रसाद गिरी, स्व. अशोक श्रेष्ठ, स्व. नवराज बहादुर सिंह तथा स्व. सीताराम प्रसाईंको स्मृतिमा स्थापित छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रति विद्यार्थी ५० हजार बराबरको रकम छात्रवृत्तिको रूपमा प्रदान गरिएको हो । स्व. लक्ष्मणबाबु श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति नन्दी माध्यमिक विद्यालय, नक्साल, काठमाडौँ कक्षा ९ मा अध्ययनरत छात्र विपिन बुढालाई मिति २०८३।०३।१७ मा आयोजित एक कार्यक्रमका बीच स्व.लक्ष्मणबाबु श्रेष्ठका छोरा राजेशबाबु श्रेष्ठ तथा यस बैंकका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक गीता काफ्ले मार्फत प्रदान गरिएको छ ।

साथै स्व. हरि प्रसाद गिरि महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भवानीपुर वीरगंज–०८, पर्सामा अध्ययनरत छात्रा अनिशा शाहलाई यस बैंकका सञ्चालक श्याम सुन्दर रुगटामार्फत प्रदान गरिएको छ भने नवराज बहादुर सिंह महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति सारदा माध्यमिक विद्यालय, धनगढी, कैलालीमा कक्षा ९ मा अध्ययनरत छात्रा गुञ्जन सुनारलाई यस बैंकका सञ्चालक सागर मल्ल ज्यू मार्फत प्रदान गरिएको छ । त्यसैगरी, स्व. अशोक श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति अमर माध्यमिक विद्यालय, हेटौँडा, मकवानपुरमा कक्षा ९ मा अध्ययनरत छात्रा सुमिना लामिछानेलाई यस बैंकका बागमती ‘ख’ प्रदेशप्रमुख मार्फत प्रदान गरिएको छ भने स्व. सीताराम प्रसाईं महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति सिताराम सामुदायिक अंग्रेजी विद्यालय, मेचीनगर १४, झापामा अध्ययनरत छात्रा मुस्कान खातुनलाई गत पुस महिनामा नै प्रदान गरिएको हो । यस प्रकारको संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरूलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब ८ लाख भन्दा बढी ग्राहकहरू रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *