टेरामक्स प्रकरणमा झासहित तीनजनालाई ६ महिना जेल सजाय
काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण तथा प्रणाली खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन तत्कालीन अध्यक्षसहित तीनजनालाई दोषी ठहर गरेको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले तत्कालीन अध्यक्ष दिगम्बर झासहित तीनजनालाई दोषी ठहर गरेको हो । झासहित धनगरा ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई दोषी ठहर गर्दै जनही ६ महिना कैद तथा ५० हजार रुपैयाँ जरिबाना हुने ठहर गरेको छ । निज प्रतिवादीहरू दिगम्भर झा, धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई कसुर गर्दाको परिस्थिति तथा सजायको उद्देश्य समेतलाई दृष्टिगत गरी उक्त दफा ८ को उपदफा (१) बमोजिम जनही ६ महिना कैद र पचास हजार रुपैयाँ जरिबाना समेतको सजाय हुने ठहर्छ, आदेशमा भनिएको छ । दिगम्बर झाको हकमा भने थप ६ महिना कैद सजाय हुने फैसला अदालतले सुनाएको छ । प्रतिवादीमध्येका दिगम्बर झाको हमा निज तत्कालीन अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा वहाल रहेको अवस्था हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ समेत आकर्षित हुने भएकाले निज प्रतिवादीलाई उक्त दफा २४ बमोजिम थप ६ महिना कैद सजायसमेत हुने ठहर्छ,ू फैसलामा भनिएको छ ।

















