कांग्रेस इतर पक्षको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षको बैठक सुरु भएको छ । काठमाडौंको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा मंगलबार बैठक बसेको हो । आजको बैठकमा बीपी स्मृति दिवस, १५औँ महाधिवेशन, राष्ट्रिय भेलालगायत विषयमा छलफल हुने नेता मीन विश्वकर्माले जानकारी दिए । बैठकमा विशेष महाधिवेशनपछि बाहिर रहेका नेताहरूको उपस्थिति छ । कांग्रेसको आन्तरिक विवादका विषयमा लचकता अपनाउँदा पनि संस्थापन पक्षले बेवास्ता गरेको इतर पक्षको आरोप छ । बृहत्तर एकताका लागि इतर पक्षले जोड दिँदै आएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *