कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई खरीपाटी सारिँदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको ‘राधास्वामी होल्डिङ सेन्टर’ डुबानमा परेपछि त्यहाँ राखिएका सुकुमबासीलाई भक्तपुरको खरीपाटी स्थानान्तरण गरिने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार सेन्टरमा बाढी पसेका कारण ६५ परिवारलाई सुरक्षित स्थानमा सार्न लागिएको हो । समितिका आयोजना निर्देशक महर्जनले कीर्तिपुरको सेन्टरमा बाढी पसेपछि प्रभावितहरूलाई सुरक्षित राख्न खरीपाटी लैजान लागिएको बताए । ‘अहिले हाम्रो खरीपाटी होल्डिङ क्षेत्रमा ठाउँ खाली गराएका छौँ,’ आयोजना निर्देशक महर्जनले भने, ‘कीर्तिपुरका प्रभावितहरूलाई हामी उतै लैजान्छौँ होला र आवश्यक व्यवस्थापन मिलाउँछौँ ।’ समितिले यसअघि नै सुकुमबासीहरूलाई सुरक्षित स्थानमा सर्न र आफैँ कोठा खोज्नका लागि पहिलो चरणको राहत तथा पुनर्स्थापना स्वरूप प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउँदै होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेको थियो । तर उनीहरुले सेन्टर छोड्न हिचकिचाहट गर्दा सोही स्थानमै बसिरहेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *