जेनजी अभियन्ता अन्सारीलाई ‘लछारपछार’ सहित पक्राउ

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीसहितका अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुर पुगेका उनीहरुलाई लछारपछार गर्दै नियन्त्रणमा लिइएको छ । प्रहरीले भने होहल्ला गरेका कारण नियन्त्रणमा लिइएको जनाएको छ । उनीसँगै सरिस्मा थापालाई पनि पक्राउ गरिएको छ । काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार पक्राउ परेका सबै जना अहिले प्रहरी नियन्त्रणमै रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *