२१३ ओैं आदिकवि भानुभक्त जयन्ती
बिश्र्वनाथ ढुङ्गेल, (नुनबाजे)
घरघरमा चुल्यो भानुको
रामायण सार कलि
हृदय स्वछन्दतामा राखि
मनकुण्ठ पखालि ।
लेखे कविता रामायण शव्द
ज्ञान पुकारी
भए उच्च भानु प्रवर भाषा
नयाँ सिगारि ।
महल भित्र भाषाको खानि
बनाए तयारी
नेपालिका मन जिति सधैं
बिस्वस्त पारि ।
सेवाभाव लिदैं दिदै कविता
नौलो प्रहर पारी
भाषा बने उम्दा राष्टका
समुन्द्र झै तारी ।

भाषा बनिगो सदैब प्रखर
पुर्ण रुपमा धनी
साहित्य सम्राट बने भानु
महामहिम बनी ।
लेखे रामायण कृति मुलमा
भयो एकता पखालि
काव्य लगे रसै रसैमा
मन्थन गरि उचालि ।
वेदमा नौलो आयाम छरि
बने गौरवका चिनारि
राष्ट प्रेमि साहित्यका धनी
अग्रज बने बिचारी ।
श्रेय जगाई दिएर गए
भानु पुगे धामधरि
उनैका कृति मन मनले
बोलि भन्छन हरी ।
भाषाकै शुद्धताहो ज्ञानमा
राष्ट रुपि गहना
उच्च रह्यो भानुको देन
श्रष्टा रुपि चाहाना ।
चिरकाल अनन्त काल
भाषा अग्रणि मन
ज्ञानले छर्यौ भरिपुर्ण
प्रेमल यहि हो धन ।।।

















