जाजरकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुईको उद्धार
काठमाडौं । जाजरकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । भेरी नगरपालिका–२, राङ्सीकी अन्दाजी ६० वर्षीया जयशीला शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबारको अविरल वर्षासँगै पहिरो खसेको थियो । शाहको अस्थायी आवास (टहरा) पहिरोमा पुरिएको थियो । सोही घटनामा परी शाहको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । शाहकी छोरी अन्दाजी ४० वर्षीया मेनुका र नातिनी सात वर्षीया टीका थापाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
















