सीईओद्धय ज्योति प्रकाश र दीपप्रकाश पाण्डेलाई मातृशोक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ । उनीहरूकी आमा इन्दिरा पाण्डेको मंगलबार बिहान निधन भएको हो । लामो समयदेखि स्वासप्रश्वास लगायतका समस्याबाट पीडित पाण्डेको ९१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उपचारको क्रममा नर्भिक अस्पतालमा मंगलबार बिहान ८ बजे निधन भएको पाण्डेको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । स्वर्गिय आमाप्रति सत्याग्रह परिवार भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *