कांग्रेसभित्रको आन्तरिक मेलमिलाप प्रयास विफल – संस्थापनइतर पक्ष

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि भइरहेका वार्ता र संवादहरू निष्कर्षविहीन भएपछि संस्थापनइतर पक्षले नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ । आइतबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षका नेता मीन विश्वकर्माले पार्टीको संस्थापन पक्षसँगको संवाद सार्थक र उपलब्धिमूलक हुन नसकेको जानकारी दिएका हुन् । नेता विश्वकर्माका अनुसार, पार्टीभित्र एकता कायम गर्न पटक–पटक छलफल भए पनि नेतृत्व तहबाट आवश्यक लचकता र तत्परता नदेखिँदा सहमति जुट्न सकेको छैन ।

पार्टी नेतृत्व (सानेपा कार्यालय)मा अधिकारकेन्द्रित रहेको र त्यहाँबाट समस्या समाधानका लागि पर्याप्त धैर्यता, सहनशीलता र तत्परता प्रदर्शन नगरिएको आरोप इतर पक्षले लगाएको छ । संवादहीनताको अवस्था लम्बिँदै गएकाले अब अलमलमा नबसी नयाँ ढंगले अगाडि बढ्न राष्ट्रिय भेलाको विकल्प रोजिएको उनले प्रष्ट पारे । ूझगडा कहिले अन्त्य हुन्छ भन्ने निश्चित हुँदैन, तर मेलमिलापको आशा भने सधैँ रहन्छ । यही विश्वासका साथ वार्ता र छलफल निरन्तर भइरहेका छन् । तर, आजसम्म ती छलफल सार्थक र उपलब्धिमूलक हुन सकेका छैनन् । त्यसैले एकताको सम्भावना कमजोर बन्दै गएको निष्कर्षमा हामी पुगेका छौँ,ू उनले भने । इतरपक्षले आगामी साउन ६ गते पर्ने बीपी स्मृति दिवसलाई विगतमा झैँ निरन्तरता दिँदै मनाउने निर्णय गरेको छ । हाल सम्पर्क कार्यालयमार्फत आफ्ना गतिविधि सञ्चालन गरिरहेको यो समूहले आफ्ना एजेण्डाहरूलाई थप सशक्त रूपमा अगाडि बढाउने बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *