मिटरब्याजपीडितलाई सरकारले फेरि धोका दियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिटब्याजपीडितलाई सरकारले फेरि एकपटक धोका दिएको टिप्पणी गरेका छन् । आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित सांसदसँगको अन्तरक्रिया कार्यक्रममा उनले सरकार र मिटब्याजपीडितको सहमतिप्रति लक्षित गरी त्यस्तो दाबी गरेका हुन् । “मिटरब्याजपीडितलाई सरकारले फेरि एकपटक धोका दिएको छ । अलिकपछि थाहा पाउँछन् यो धोका रहेछ भन्ने कुरा,” उनले भने । उनले अर्थतन्त्र डुबेको छैन भन्ने देखाउन झनै डुबाएको टिप्पणी गरे । “डुबेको अर्थतन्त्रलाई डुबेको छैन भन्ने देखाउन झन डुबाउने काम भइरहेको छ ।

मूल्यवृद्धिले गरिबलाई झन डुबाउँछ । कर वृद्धिले झन डुबाउँछ,” ओलीले भने । उनले विदेश जाने संख्या गत वर्षको भन्दा बढी हुँदा पनि चुपचाप रहेको बताए । “पोहोर स्वाभाविक थिएन, अहिले स्वाभाविक,” ओलीले भने । ओलीले अहिले आफूहरू दुई मोर्चाको संघर्षमा रहेको बताए । संसदीय मोर्चालाई प्रभावकारी बनाउने र सडक संघर्षलाई पनि उठाउने बताए । “सडक मोर्चातिर पनि मनोबल खस्किएको अवस्था छ । हामीले धक्का खाएको छ” उनले भने, “धक्का खाएको अवस्थामा कसैको पनि मनोबल बुलन्द हुँदैन ।” उनले अहिले थितिबिनाको राजनीति चलिरहेको टिप्पणी गरे । “अहिलेको परिवर्तनको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्रबाट सुरु भएको छ,” ओलीले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *