भाटभटेनी सुपर मार्केट्सको ब्रान्ड एम्बेसेडर रवीन्द्र ढाँट

काठमाडौं । प्रतिष्ठित मार्सल आर्ट्स खेलाडी रवीन्द्र ढाँट भाटभटेनी सुपर मार्केट्सका ब्रान्ड एम्बेसेडर बनेका छन् । सुपरमार्केटले उनलाई तीन वर्षका लागि ब्रान्ड एम्बेसेडरमा अनुबन्ध गरेको हो । ढाँटले भाटभटेनी, पेपे पिज्जा र पेपे आइसक्रिमको प्रतिनिधित्व गर्नेछन् ।

रवीन्द्र यूएफसीमा गएर नेपालको प्रतिनिधित्व गर्न लागेकाले उनको सानदार यात्रामा सँगै रहन पाउँदा गौरव महसुस भएको भाटभटेनीले जनाएको छ । भाटभटेनी देशभर फैलिएको सुपरमार्केट्स हो । विभिन्न सामाजिक कार्यमा सहयोगमा अग्रणी रहेको संस्था भाटभटेनीले ढाँटलाई तीन वर्षका लागि ब्रान्ड एम्बेसेडरमा अनुबन्ध गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *