बालकोटमा जेष्ठ नागरिकहरुलाई तीन दिने जनै बाट्ने तालिम,नगरपालिकाद्धारा बाध्यबादन हस्तान्तरण
भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ बालकोटमा जेष्ठ नागरिकहरुलाई तीन दिने जनै बाट्ने तालिम आज पहिलो दिन ३ नं वडा समन्वय समितिका संयोजक बिश्र्वनाथ ढुङ्गेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । जनै बाट्ने तालिम प्रशिक्षक निर्मल नेपालले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव शुभनाथ काफ्लेले गर्नु भएको थियो । सुर्यबिनायक नगरपालिकाको निमित्त नगर प्रमुख, सुर्यबिनायक नगरपालिका जेष्ठ नागरिक समन्वय समितिका संयोजक सरिता तिमल्सिना भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी सुर्यबिनायक नगरपालिका वडा नं ३ का कार्यवाहक वडा अध्यक्ष जनक भण्डारी ,सुर्य बिनायक नगर पालिका कार्यपालिका सदस्य हेमा दाहाल खतिवडा, सामाजिक समन्वय समितिको संयोजक सुर्यबिनायक नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटा,नेपाल रेडक्रस सोशाईटि शाखा भक्तपुरका सभापति पर्शुराम पाण्डे, रेडक्रस सोशाईटि जिल्ला शाखा भक्तपुरका धर्मराज कार्की ,सहारा परियोजना नगर सम्पर्क व्यक्ति लक्ष्मी लुवञ्जारको उपस्थिति रहेको थियो ।

धार्मिक धारणा अनुसार जनै बनाउने तालिम अत्यन्त महत्वपुर्ण रहेको र बुढेसकालमा पनि आत्मनिर्भर हुने अवसर हो,यस कार्यलाई निरन्र्तता दिनु पर्छ र बजारिकरणका लागि जेष्ठ नागरिकहरुलाई हर प्रयत्नले सुर्यबिनायक
नगर पालिकाले साथ सहयोग गर्नेर्छौ भनी कार्यवाहाक नगर प्रमुख सरिता तिमल्सिना भट्टराईले जानकारी दिनु भयो । आजै यस जेष्ठ नागरिक समन्वय समिति वडा नं ३ मा सुर्य बिनायक नगरपालिकावाट कार्यवाहाक नगर प्रमुख एवं जेष्ठ नागरिक समन्वय समितिका संयोजक सरिता तिमल्सिना भट्टराईले बाध्य बादकहरु, हार्मोनियम, तबला मादल लगायत अन्य सामाग्रीहरु संयोजक बिश्वनाथ ढुङ्गेललाई हस्तान्तरण गर्नु भयो ।

साथै जेष्ठ नागरिकहरुले लिनु भएको जनै बाट्ने तालिम कार्यक्रम अति नै सर्हानिय छ। जेष्ठ नागरिकहरुलाई हुन सक्ने र दिन सक्ने सेवा सुबिधामा ३ नं वडाले कुनै पनि कन्जुस्याइँ गर्ने छैनि भनी कार्यवाहाक अध्यक्ष जनक भण्डारिले बताउनु भयो ।

जेष्ठ नागरिकहरुको अपेक्षा बमोजिम कुनै पनि सहज हुने कार्यहरु पूरा गरिनेछ भनी सुर्यबिनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक समितिका संयोजक रबिन्द्र सापकोटाले जानकरी दिनु भयो । त्यसैगरि जनै बाटेर जेष्ठ नागरिकहरुले आफैंलाई हौसला प्रदान गर्नु भएको र जनैका बिषयमा धार्मिक धारणा चेतनामुलक बनाउनु पर्छ भन्ने भावना रेडक्रस सोसाईटि भक्तपुरका सभापति पर्र्शुराम पण्डेले व्यक्त गर्नु भयो। संयोजक बिश्र्वनाथ ढुङगेलले सवैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।
तालिममा सहभागि जेष्ठ नागरिकहरुः
बिश्र्वनाथ ढुङ्गेल, नारायण गुरागाँई, शुभनाथ काफ्ले,पद्मप्रसाद भण्डारी, कल्पना गेलाल, सानुकाजि खनाल, बिजय कुमार बस्नेत, लिलानाथ अधिकारी, जिवनाथ न्यौपाने , रामप्रसाद दवाडी , पुण्यबहादुर सिलवाल, बलदेव राउत, लक्ष्मी लुवञ्जार, पशुपति भण्डारी, बाबुराम पौडेल,कमलप्रसाद ढुङ्गेल,गणेशप्रसाद ढुङ्गेल, गोकुल खनाल, प्रेमलाल श्रेष्ठ,गोपिकृष्ण खतिवडा, गणेश तिमल्सिना, गणेशप्रसाद गौतम, जगत पोख्रेल, ईन्द्रप्रसाद पराजुलि, उद्धव घिमिरे,चन्द्रप्रसाद न्यौपाने,
मणि दवाडि, निर्मल नेपाल, कमल कोईराला,नर्मदा दुलाल,जयराम लामा, ज्ञानबहादुर कार्कीको उपस्थिती रहेको थियो ।

















