बालकोटका जेष्ठ नागरिकहरुको ३ दिने जनै बाट्ने तालिम कार्यक्रम साम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ बालकोटमा जेष्ठ नागरिकहरुलाई तीन दिने जनै बाट्ने तालिम कार्यक्रम समापन भयो । उक्त कार्यक्रममा ३५ जना जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । जनै बाट्ने तालिम प्रशिक्षक निर्मल नेपालले तालिम दिनु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव शुभनाथ काफ्लेले गर्नु भएको थियो । सुर्यबिनायक नगरपालिका तथा नेपाल रेडक्रस सोसाईटि बुढ्यौलि सहारा प्रोजेक्टको संयुक्त रुपमा संचालन भएको ३ दिने जनै बाट्ने तालिम कार्यक्रमबाट जेष्ठ नागरिकहरुले तयार पार्नु भएको जनैहरु सहारा परियोजना नगर सम्पर्क व्यक्ति लक्ष्मी लुवन्जारलाई जेष्ठ नागरिक समन्वय समिति ३ नं वडाका संयोजक बिश्वनाथ ढुङ्गेलले जन‌ैहरु हस्तान्तरण गर्नु भयो ।

त्यसैगरी सहारा परियोजना नगर सम्पर्क व्यक्ति लक्ष्मी लुवञ्जारले जेष्ठ नागरिकहरुले लिनु भएको जनै बाट्ने तालिम कार्यक्रम अति नै लगनशिलता पूर्वक सम्पन्न भएको र नगरपालिकाबाट प्राप्त बाध्यवाधन सामग्रि बजाएर नाचगान गित गाएर यसरी मनोरन्जन लिनु दिनु भएकोमा मलाई ज्यादै खुसि लागेको छ । आगामि दिनहरुमा यस्ता किसिमका अन्य तालिमहरु आई रहने हुदाँ यहाँ अरु सवैले यसरि नै भाग लिएर कार्यक्रमलाई सफल पारि दिनुहुन अनुरोध गर्दै यहाँहरुको जीवन सुखमय बनोस् ।

जेष्ठ नागरिहरुलाई यस किसिमको जनै बाट्ने, तालिम दिनु भयो यो एउटा धार्मिक आस्थाको रुपमा अडिग गराउने अत्यन्त महत्वपुर्ण बिधा हो । यस तालिमवाट समय अलि छोटो भयो तर पनि हामिले निक्कै मात्रामा जान्ने अवसर पायौं । यसमा वुढ्यौलि रेडक्रस सहारा प्रोजेक्ट र यस सुर्यबिनायक नगरपालिका जेष्ठ नागरिक समन्वय समिती बालकोटलाई तालिममा सहभागी चन्द्रप्रसाद न्यौपानेले हार्दिक बधाई एवं शुभकामना दिनु भयो । अन्त्यमा संयोजक बिश्र्वनाथ ढुङ्गेलले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *