कोशी मधेसको अवस्थाबारे कांग्रेस सभापति थापाद्वारा छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कोसी र मधेस प्रदेशका केही क्षेत्रमा विकसित पछिल्लो परिस्थितिबारे पार्टीका विभिन्न तहका नेता तथा जनप्रतिनिधिसँग छलफल गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका पार्टी नेतृत्व, जिल्ला सभापति, पालिका तहका नेता तथा जनप्रतिनिधिसँग छलफल गरिएको सभापति थापाको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार छलफलको मुख्य विषय मधेसमा देखिएको तनाव र अशान्तिलाई कसरी न्यूनीकरण गर्ने तथा सामाजिक सद्भाव कायम राख्न पार्टीको भूमिका प्रभावकारी बनाउने भन्ने रहेको छ । छलफलका क्रममा सभापति थापाले पार्टीका नेता–कार्यकर्तालाई संयमता अपनाउन, स्थानीय स्तरमा संवाद र समन्वय बढाउन तथा तनाव कम गर्न सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्। यसका लागि पार्टीका विभिन्न तहका नेतृत्वलाई परिचालन गर्ने विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ। छलफलमा सहभागीहरूलाई सामाजिक सद्भाव कायम राख्न र परिस्थिति थप जटिल हुन नदिन जिम्मेवार ढंगले भूमिका निर्वाह गर्न निर्देशन दिइएको पनि सचिवालयले उल्लेख गरेको छ। कांग्रेसले पछिल्ला घटनाक्रमलाई गम्भीर रूपमा लिँदै स्थानीय तहदेखि केन्द्रसम्म पार्टी संयन्त्र परिचालन गरेर शान्ति, सद्भाव र संयमता कायम गर्न पहल गर्ने जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *