फिल्म ‘कार्की साहिँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक, जितु र प्रियानाको लोभलाग्दो केमेस्ट्री
काठमाडौँ । आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली फिल्म कार्की साहिँला’ को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले फिल्मको प्रचारप्रसारको सुरुआत गर्दै गीत सार्वजनिक गरेको हो।सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्यको आकर्षक अभिनय र रोमान्टिक केमेस्ट्री प्रस्तुत गरिएको छ। कार्यक्रममा उपस्थित पत्रकार तथा अतिथिहरूले गीतको भिडियो, प्रस्तुति र निर्माण पक्षको प्रशंसा गरेका थिए।
गीतमा श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको छ भने शब्द विष्णु नेपाल नेपालीले लेखेका हुन्। सङ्गीत सङ्केत अगस्तीको रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन्।फिल्ममा जितु नेपाल र प्रियाना आचार्यसँगै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारीलगायत कलाकारहरूको अभिनय रहेको छ।
डम्बर राईको कथामा आधारित फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन्। पटकथा तथा संवाद शङ्कर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा तयार पारेका छन्। बालकुमार राई र निर्भीक बञ्जारा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्।फिल्मको डीओपी डम्बर राई, छायाङ्कन नारायण गुरुङ, सम्पादन सन्देश शाह तथा सह–सम्पादन सन्दीप डाँगीले गरेका छन्। मुख्य सहायक निर्देशक रोजल थापा तथा सहायक निर्देशक गीत विष्ट र सजना थापा रहेका छन्।
फिल्ममा सङ्केत अगस्ती र दिप्सन लिम्बुको सङ्गीत रहनेछ। गीतहरूमा दिप्सन लिम्बु, श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर सुन्न सकिनेछ। सी.बी. भण्डारी प्रोडक्सन म्यानेजर तथा रवि केसी मेकअप आर्टिस्ट रहेका छन्। फिल्मको पोस्ट–प्रोडक्सन ग्लोबल रिल मोशन पिक्चर्सले गरिरहेको छ।फिल्मको पहिलो गीत ‘लग्यौ परान’ युट्युबमार्फत सार्वजनिक भइसकेको छ र निर्माण टिमले दर्शकमाझ सकारात्मक प्रतिक्रिया प्राप्त हुने विश्वास व्यक्त गरेको छ।।
गीत सुन्न तलको लिङ्क क्लिक गर्नुस्……..
https://www.facebook.com/share/p/1DyGXopjv1/

















