कांग्रेसको इतर समूहले राष्ट्रिय भेलाका लागि बनायो ३२ उपसमिति
काठमाडौँ । नेपाली कांग्रेस भित्रको इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘राष्ट्रिय भेला’ तयारीका लागि ३२ उपसमिति बनाएर संयोजक चयन गरेको छ । भेलालाई व्यवस्थित र सफल बनाउन डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको समूहले त्यही समिति अन्तर्गत रहने गरी ३२ उपसमिति बनाएको हो । मूल आयोजक समिति अन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्दै ३२ वटा उपसमितिहरू र तिनका संयोजकहरू तोकिएको प्रचार प्रसार समितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए । सार्वजनिक सूची अनुसार नीतिगत प्रस्तावदेखि व्यवस्थापनसम्मका लागि प्रभावशाली नेताहरूलाई उपसमितिका संयोजक बनाइएको छ ।
कुन समितिमा को छन् संयोजक ?
१. राजनीतिक प्रस्ताव तयारी समिति : विमलेन्द्र निधि (पूर्वउपसभापति)
२. साङ्गठनिक प्रस्ताव तयारी समिति : उमाकान्त चौधरी (पूर्वसहमहामन्त्री)
३. समसामयिक प्रस्ताव तयारी समिति : एनपी साउद
४. विधान समिति : रमेश लेखक
५. नेपाली कांग्रेसको आर्थिक नीति समिति : डा प्रकाशशरण महत
६. प्रचार प्रसार समिति : मीन विश्वकर्मा
७. आर्थिक व्यवस्थापन समिति : दीपक खड्का
८. प्रशासन समन्वय समिति : मोहनबहादुर बस्नेत
९. भोजन व्यवस्था समिति : पूर्णबहादुर तामाङ ‘कान्छाराम’
१०. स्वयंसेवक परिचालन समिति : जितजंग बस्नेत
११ सांस्कृतिक समिति : विद्या तिमिल्सीना
१२. मञ्च तथा हल व्यवस्थापन समिति : राजु श्रेष्ठ
१३. स्वास्थ्य समिति : उमेशजंग रायमाझी
१४. विदेशस्थित नेपाली जनसम्पर्क समन्वय समिति : किरण पौडेल
१५. ट्रेड युनियन समन्वय समिति : हरिशरण नेपाली
१६। भातृ संघ समन्वय समिति : गोविन्द बहादुर शाह
१७. शुभेच्छुक संस्था समन्वय समिति : ईश्वरी न्यौपाने
१८. आदिवासी जनजाति समन्वय समिति : गणेश लामा
१९. दलित समुदाय समन्वय समिति : नृप वड
२०. महिला समन्वय समिति : उषा राउत
२१. युवा विद्यार्थी परिचालन समिति : कुन्दनराज काफ्ले
२२. पेसागत बुद्धिजीवी परिचालन समिति : भीमसेनदास प्रधान
प्रदेश समन्वय समितिहरू
२३. सुदूर पश्चिम प्रदेश : वीरबहादुर बलायर
२४. कोशी प्रदेश : गोमा भट्टराई
२५. मधेस प्रदेश : पदमनारायण चौधरी
२६. बागमती प्रदेश : शिव हुमागाईँ
२७. गण्डकी प्रदेश : गुरु बराल
२८. लुम्बिनी प्रदेश : गेहेन्द्र गिरी
२९. कर्णाली प्रदेश : सीता राना
अन्य समन्वय समितिहरू
३०. वैदेशिक रोजगार व्यवसायी समन्वय समिति : सीता देवकोटा
३१. जिल्ला काठमाडौँ सम्पर्क समन्वय समिति: मानबहादुर नेपाली
३२. सचिवालय समन्वय समिति : दीपक प्रसाद कुइँकेल















