सरकार नै देश सिध्याउने खेलमा

राज्य नै संलग्न रहेर धार्मिक द्धन्द्ध मच्चाउने काम जुन अहिले भइरहेको छ ,त्यसको परिणाम कति भयावह हुन्छ भन्ने अनुमान कसैले पनि सहजै गर्न सक्दैन । अघिल्लो हप्ता सुनसरीको देवानगञ्जबाट शुरु भएको हिन्दू मुस्लिम दंगामा राज्य सत्तामा हालीमुहाली गरिरहेकाहरुकै प्रत्यक्ष संलग्नता रहेको भेद खुल्न थालेपछि अनेक अनिष्ठको आशंका गर्न थालिएको छ । गत वर्षको भदौं २३,२४ को घटनाको डिजाइन गर्ने र देवानगञ्ज घटनाको डिजाइन गर्ने ठेगाना उही रहेको कुरा बिस्तारै खुल्दै गएको छ । घटनाको प्रकृति, त्यसमा हताहत हुनेहरु र घाइतेको विवरण हेर्दा त्यो दुई पक्षिय दंगा वा भीडन्त थियो भन्न सक्ने आधार छैन । त्यो भदौं २३ र २४ कै झैं सुनियोजित घटना थियो भन्नलाई पर्याप्त आधार रहेको छ । त्यसमा गृहमन्त्री स्वयम र मन्त्रालयसँग सम्वद्ध एउटा पक्षको प्रत्यक्ष संलग्नता रहेको राजनीतिक बिश्लेषकहरुको मत छ । वर्तमान गृहमन्त्रीको संलग्नता विदेशी गुप्तचर निकायसँग रहेको कुरा समाचारहरुमा निरन्तर आइरहेको छ । आइएनजीओ र चीन विरोधी अभियानको लागी काम गर्ने निकायहरुमा वर्तमान गृहमन्त्रि सुदन गुरुङ प्रत्यक्ष रुपले नै जोडिएका देखिन्छ । नेपालमा काम गर्ने गरी गठन गरिएको विदेशी स्वार्थ प्रेरित संस्था हामी नेपालकै बारेमा मात्र कुरा गर्दा पनि उक्त संस्था फ्रि तिब्बत स्टुडेन्ट मुभमेन्ट सँगको आवद्दता र अनेक गैरकानूनी धन्धा गर्नेको लगानीमा चलेको प्रष्ट देखिन्छ । उत्तरी कोरियामा खतरनाक गुप्तचरीमा संलग्न आँखाका चर्चित डाक्टर सन्दुक रुइत प्रमुख रहेको बारम्बरा फाउण्डेशनको लगानीमा चल्ने हामी नेपाल पश्चिमाको गुप्तचरी गर्ने एउटा मुख्य संस्था रहेको कुरा खुलिसकेको छ । स्वयम प्रधानमन्त्री बालेन्द्र साह नै अमेरिकी युथ काउन्सिलको प्रमुख अभियान्ता मध्यकै ब्यक्ति हुन । प्रधानमन्त्री साहको काठमाण्डौं नगरप्रमुख भएदेखिका एक एक घटनाको अध्ययन गर्ने हो भने उनी नेपालमा अशान्ती, अराजकता,हिंसा र द्धन्द्ध मच्चाउने धन्धामा योजनाबद्ध रुपले लागेको देखिन्छ ।

भदौं २३ र २४ को महाविनाशमा उनको प्रत्यक्ष र नेतृत्वदायी भुमिका देखिन्छ । काठमाण्डौं महानगरमा हुँदा उनले गरेका प्रत्येक काम गरीब, बिपन्न र बेशाहारामाथिको निर्मम र हिंसात्मक हमला नै हो । प्रधानमन्त्री बने लगत्तै पूर्व प्रधानमन्त्री र गृहमन्त्री लगायतको गिरफ्तारी, उद्योगी ब्यवसायीमाथि निर्मम आक्रमण, सुकुम्वासीमाथि देशभरि नै अमानविय ढंगले हस्तक्षेप, प्रेस माथिको क्रुर ब्यवहार, संघ संगठन खोल्ने संवैधानिक अधिकारलाई मन्त्रिपरिषद बैठकद्धारा प्रतिबन्ध, संवैधानिक निकाय र तिनका पदाधिकारीमाथि गरिएको गैरकानूनी हर्कत आदिले वर्तमान सरकार कसको निर्देशनमा के काम गर्दैछ भन्ने यकिन साथ भन्न सकिदैंन । तस्कर, कालाबजारी र भ्रष्टाचारीलाई मुलुकको प्रमुख निकायहरुमा धमाधम नियुक्ति दिएर उसले तिनलाई के जिम्मेवारी दिएको छ भन्ने अन्योल झन बढेको छ । बदनाम र भ्रष्टहरुलाई जिम्मेवारी दिएर उसले असल र इमान्दारलाई बिस्थापित गरिरहेको छ । सबै क्षेत्रलाई कब्जा गर्दै गएपछि धार्मिक द्धन्द्ध सिर्जना गरेर देशलाई बर्बाद बनाउन र विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्ने पृष्ठभुमी तयार पार्न वर्तमान सरकार रातदिन एक गरेर लागेको छ । द्धन्द्धको प्रकृति र द्धन्द्ध शान्त पार्न गृहमन्त्रिले गरेको कामको तुलना गणेश नेपाली आत्मदाह प्रकरणसँग मिल्दोजुल्दो छ । नेपाली प्रकरण शान्त भैसकेपछि गृहमन्त्रीले प्रमुख मिडिया हाउस,केही ब्यक्ति र ब्यापारिक घरानाका मुख्य गेट बन्द गर्ने गरी गाडी तेस्र्याउन लगाएका थिए ।

त्यस सँगसँगै काठमाण्डौ सुन्धाराको पार्किङ बन्द गराएर नयाँ सडकमा नै गाडी, मोटरसाइकल पार्किङ गराउन लगाएका थिए । त्यतिले नपुगेर उनले आफ्ना लठैत प्रयोग गरेर नयाँसडकमा बाटोको बिचमै पसल खोल्न लगाएका थिए । ठीक त्यसैगरी सुनसरी,सिरहा, र जनकपुरमा उनले रास्वपाकै मान्छेलाई मागपत्र दिन डाक्ने र आफ्नै कार्यकर्तासँग वार्ताको नौटंकी रच्ने काम पनि गरे । यी सबै घटनाको मुख्य उद्देश्य मुलु्कलाई अस्तब्यस्त पार्नु र आतंकवादलाई भित्रयाउनु रहेको बताइन्छ । आतंकवादी गतिविधि हुन थाले लगत्तै अमेरिका, भारत लगायत मुलुकको सेनालाई निम्त्याउने योजनामा बालेन्द्र नेतृत्वको सरकार लागि परेको बुझिन्छ । सरकारकै संलग्नतामा चीनलाई प्रत्यक्ष असर पर्ने गतिविधि लगातार हुनुको पछाडिको कारण पनि त्यही हो । चीनलाई प्रोभोक गरेर नेपालमा कुनै घटना गराउने र त्यसैलाई आधार मानेर अमेरिका,भारत आदी मुलुकलाई नेपालमा सेना राख्ने अनुमति दिने योजना रहेको बुझीएको छ । अहिलेको सरकार त्यही काम पुरा गर्न हतारिएको छ । उसले छिट छिटो, बिना तयारी र जनता र देशलाई प्रत्यक्ष हानी हुने काम गर्नुको पछाडिको कारण पनि त्यही रहेको बताइन्छ । यस्तो गंभीर खतरालाई पनि मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमाले र नेकपाले खासै महत्व नदिनु चाहिँ बुझिनसक्नु भएको छ । यदि समयमै ती दलले स्थितिको गंभिरतालाई बुझेनन भने देशको अस्तित्व नै मेटिन सक्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *