मुख्यमन्त्री बानियाँद्वारा तेक्वान्दो संघलाई खेल सामग्री हस्तान्तरण

काठमाडौँ । बागमती प्रदेश सरकारले नेपाल तेक्वान्दो संघ बागमती प्रदेशलाई अत्याधुनिक खेलकुद सामग्री तथा सेन्सर सिस्टम हस्तान्तरण गरेको छ । बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त खेलकुद सामग्री तथा इलेक्ट्रोनिक सेन्सर प्रणाली तेक्वान्दो संघका पदाधिकारीहरूलाई हस्तान्तरण गरिएको हो ।

अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताहरूमा सेन्सर प्रविधिको प्रयोग अनिवार्य हुँदै गएकाले प्रदेशका खेलाडीहरूलाई आधुनिक प्रविधिसँग अभ्यस्त गराउन र उनीहरूको खेल कौशल अभिवृद्धि गर्न प्रदेश सरकारले यो सहयोग उपलब्ध गराएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले प्रदेशमा खेलकुदको विकास, खेलाडीहरूको प्रोत्साहन र भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकार निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो । यस प्रविधि र सामग्रीको आगमनले बागमती प्रदेशका तेक्वान्दो खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *