आपसी मेलमिलाप, सहअस्तित्व र एकताले नै राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य बढाउने बताएका छन्। विश्व आदिवासी दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्– ​नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो। हामी बिचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले हाम्रो राष्ट्रिय सामर्थ्य बढाउने छ। संविधानले सबै समुदायको समान अधिकार, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गरेको उनले उल्लेख गरे । समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा गन्तव्यमा एकताबद्ध हुन उनले सबैमा आह्वान गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *