योगको शुभकामना
स्वच्छ जीवन रहोस् भन्ने
मेरो भावना
आज तिम्रो जन्म दिनको
शुभकामना ।
योग सधै गरौं हामी
ध्यानमा रहेर
आफनो स्वास्थ्य आफैंवाट
ख्याल गरेर ।
अमुल्य छ जीवन हाम्रो
खेर नफालौं
मनमस्ति मुटुलाई
सधै सम्हालौं ।
रोग निर्मूल हुदै जान्छ
योग गर्नाले
विस्मातले घेरा हाल्छ
पछि पर्नाले ।
शक्ति हाम्रो बढदै जान्छ
जोस जागर चल्छ
हातपाउँ नचल्दामा
जीवन त्यसै गल्छ ।
स्थिर पारौ शरिरलाई
जीवन स्वच्छ बनाउँ
स्वस्थरहित मायाँ मोह
सरलता जनाउँ ।
अज्ञानि भै हिड्नेलाई
सम्झाई बुझाउँ
योग गर्दा हाम्रो ध्यान
अन्त नलगाउँ ।
तछाड मछाड गर्नु हुन्न
एकले अरुलाई
सधैंभरि ख्याल राखौं
आफ्नो शरिरलाई ।

सक्दो प्रयास गर्दै जाउँ
हजुर हामिले
योगागरि निष्ठावान
बनौं सबैले ।
निरोगि भै रहन सकुँ
मेरो चाहाना
आज तिम्रो जन्म दिनको
शुभकामना ।।
सु न पा ४ ।।

















