नयाँ टाटा पञ्च ईभीको नेपालभर डेलिभरी सुरु, एक्स्पो अफरमा ३२.९९ लाखमै

काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेको नयाँ टाटा पञ्च ईभीको उत्साहजनक बुकिङसँगै नेपालभर डेलिभरी सुरु गरेको छ । कम्पनीका अनुसार नयाँ पञ्च ईभी देशभर रहेका टाटा शोरुमबाट एकैसाथ सार्वजनिक गरिएको थियो । सार्वजनिक भएलगत्तै ग्राहकबाट उत्साहजनक बुकिङ आएपछि अब सवारी साधनको डेलिभरी पनि सुरु गरिएको कम्पनीले जनाएको छ । नयाँ टाटा पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले यो गाडी विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् ।

साथै एक्स्पोमा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी समेत उपलब्ध गराएको छ । अत्याधुनिक ‘एक्टि।इभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभी ३२ किलोवाट आवर्स र ४० किलोवाट आवर्स क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ । नेपालको सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । सुरक्षाका हिसाबले नयाँ पञ्च ईभीमा बीएनक्याप ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र १९५ एमएम ग्राउन्ड क्लियरेन्स जस्ता विशेषता समावेश छन्। त्यसैगरी, गाडीमा १.५ सी डीसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस जस्ता प्रिमियम फिचरहरू पनि उपलब्ध छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *