कांग्रेसको महाधिवेशन रोक्नुपर्ने मागसहितको रिट मंगलबार दर्ता हुने

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा पेस रिट मंगलबार मात्रै दर्ता हुने भएको छ । पूर्वसभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले पेस गरेको रिट सोमबार पनि दर्ता नभएको हो । यसअघि उनीहरूले सच्याउनुपर्ने भन्दै सर्वोच्चबाट रिट निवेदन फिर्ता लगेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले दुवै निवेदन भोलि मात्र दर्ता हुने जानकारी दिए । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले पुनरवलोकनको निस्सा देउवा पक्षलाई दिएको छ । उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा महाधिवेशन मिति घोषणा गरेपछि रोक्नुपर्ने माग गर्दै देउवा समूहले रोक्न माग गर्दै रिट निवेदन पेस गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *