पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह नर्भिक अस्पतालमा भर्ना

काठमाडौं । पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी छन् । ९८ वर्षीया शाहलाई आइतबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको हो । अस्पतालका सूचना अधिकारी विमल बोगटीका अनुसार, उनलाई फ्लुका कारण अस्पताल ल्याइएको थियो । “उहाँको अवस्था सामान्य छ । फ्लु भएको कारण अस्पताल ल्याइएको थियो । अहिले स्वास्थ्य अवस्था सामान्य छ, बोगटीले भने । उमेरका कारण स्वास्थ्यमा देखिएको समस्यालाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *