नाडा अटो शो २०२६ मा नयाँ ‘नामी बक्स’ सार्वजनिक हुँदै

काठमाडौं । विद्युतीय सवारी ब्रान्ड नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ ‘नामी बक्स’ सार्वजनिक गर्ने भएको छ । कम्पनीका अनुसार नयाँ नामी बक्सलाई थप परिष्कृत डिजाइन, नयाँ सुविधा र आधुनिक प्रविधिसहित नेपाली बजारमा ल्याउन लागिएको हो । गाडीका सबै फिचर्स, स्पेसिफिकेसन र मूल्य नाडा अटो शोमै सार्वजनिक गरिनेछ । नामी बक्स पहिलोपटक सन् २०२४ मा नेपालमा सार्वजनिक भएको थियो । आकर्षक डिजाइन, जीवन्त रङ, लामो रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण यो छोटो समयमै नेपाली उपभोक्तामाझ लोकप्रिय बनेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हाल नेपालका सडकमा २ हजारभन्दा बढी नामीका विद्युतीय सवारी सञ्चालनमा छन् । यसले नेपाली इभी बजारमा नामीको बलियो उपस्थिति स्थापित गरेको कम्पनीको दाबी छ । यसअघि नामी भिगो ई२ सार्वजनिक गरेपछि कम्पनीले अब नयाँ नामी बक्समार्फत आफ्नो इभी लाइनअप विस्तार गर्न लागेको जनाएको छ । नयाँ मोडलले नेपाली उपभोक्तालाई अझ आकर्षक र सुविधासम्पन्न विकल्प दिने कम्पनीको अपेक्षा छ । नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स कम्पनीको मुख्य आकर्षणमध्ये एक रहने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *