ट्रमा सेन्टरमा उपचाररत डंगोलको मृत्यु, २१ जना डिस्चार्ज

काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएका नुवाकोटको विदुर–१० का ३० वर्षीय महेश डंगोलको उपचारका क्रममा मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार डंगोललाई बाढीमा परी गम्भीर घाइते भएपछि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो । अवस्था गम्भीर रहेको उनको उपचारका क्रममा मृत्यु भएको निरौलाले जानकारी दिए । उनलाई विदुर–१०, नुवाकोट का बासिन्दाका रूपमा उल्लेख गरिएको छ । साँझ साढे ५ बजेसम्मको विवरणअनुसार हालसम्म ३८ जना घाइते उपचारका लागि भर्ना भएकामध्ये २१ जना उपचारपछि डिस्चार्ज भएका छन् भने एक जनालाई थप उपचारका लागि वीर अस्पताल रिफर गरिएको छ । हाल उपचाररत घाइतेमध्ये दुई जना एचडीयूमा र १३ जना इमर्जेन्सी तथा वार्डमा उपचाररत रहेको सेन्टरको विवरणमा उल्लेख छ । बाढीमा परी घाइते भएकाहरूलाई रसुवा र नुवाकोटलगायत प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौं ल्याइएको थियो । घाइतेमध्ये अधिकांशको शरीरका विभिन्न भागमा चोट लागेको छ भने केहीको अवस्था सामान्य र केहीको अवस्था स्थिर रहेको सेन्टरले जनाएको छ । राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार बाढीपछि ल्याइएका घाइतेहरूको उपचारलाई प्राथमिकतामा राखेर अस्पतालले आवश्यक व्यवस्थापन गरिरहेको छ ।
उपचाररत र डिस्चार्ज भएकाहरू

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *