सबै तहमा समन्वय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । सर्वदलीय बैठकले सबै तहमा राजनीतिक समन्वय संयन्त्र बनाउने निर्णय भएको छ । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले त्यहाँका सरकारसँग समन्वय गरेर राहत, उद्धार र पुनर्स्थापनामा सँगै काम गर्ने सहमतिमा पुगिएको नेकपाका सांसद वर्षमान पुनले जानकारी दिए । राहत वितरणमा एकद्वार प्रणालीबाट गर्दा समस्या भएको पुनको भनाइ छ । “एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको छ । तर, पुग्नुपर्ने ठाउँमा पुगेको छैन । किनभने प्रदेश र स्थानीय तहसँग समन्वय छैन,” उनले भने । त्यहाँ स्थानीय प्रतिनिधिलाई, राजनीतिक दललाई बाइपास गरेर राहत पुर्‍याउन नसकिने बताए । अहिले भने केही मात्रामा समन्वय हुन थालेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *