सोल्टी होटलद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग
काठमाडौं। देशका विभिन्न भू–भागमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति भइरहेका बेला पाँचतारे होटल सोल्टीले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। सोल्टी होटल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। होटलका अध्यक्ष दिनेशबहादुर विष्ट र उपाध्यक्ष सुदर्शन चापागाईँले १ करोड १ लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। प्राकृतिक विपद्का कारण नागरिकले कठिन परिस्थितिको सामना गरिरहेका बेला पीडितप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको सोल्टी होटलले जनाएको छ। विपद्बाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्दै राहत तथा पुनःस्थापनाका प्रयासमा योगदान पुर्याउने उद्देश्यले कोषमार्फत सहयोग उपलब्ध गराइएको हो।

















