कांग्रेसको वडा अधिवेशन कार्यतालिका परिमार्जन हुनसक्ने
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि वडा अधिवेशनको कार्यतालिका परिमार्जन हुनसक्ने संकेत सभापति गगन थापाले गरेका छन् । विपद् प्रभावित क्षेत्रमा वडा अधिवेशनको संभावना हाल नरहेकाले यसको कार्यतालिका परिमार्जन हुनसक्ने संकेत सभापति थापाले गरेका हुन् । कांग्रेसले भदौ २४ मा वडा अधिवेशन सम्पन्न गर्ने भनेको थियो । रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी प्रभावित क्षेत्रमा वडा अधिवेशन तत्काल संभव नरहेकाले यसमा हेरफेर हुनसक्ने सभापति थापाले बताएका हुन् । “विपद्को बेलामा केही अप्ठ्यारा छन् ।
रसुवा, नुवाकोट र धादिङ तीन जिल्लामा वडा अधिवेशन गर्ने अवस्था देखिँदैन, उनले भनेका छन्,बाढी प्रभावित तीन जिल्लाको अवस्था, बाटोघाटो तथा अन्य व्यावहारिक कठिनाइका कारण वडा लगायत तल्लो तहका अधिवेशनको मिति भने आवश्यकताअनुसार सार्न सकिन्छ, उनले भनेका छन् । यद्यपि केन्द्रीय महाधिवेशनको मिति भने हेरफेर नहुने उनले बताएका छन् । “यो अधिवेशनको तिथिमिति तलमाथि गर्ने कुनै वैधानिक सुविधा हामीसँग छैन । त्यसकारण अधिवेशनको हामीले काम गर्नैपर्नेछ ।

















