रसुवाको सीडीओ फेरिए

काठमाडौं । रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । यसअघि रसुवामा नरेन्द्र परियार रसुवाका प्रमुख जिल्ला अधिकारी थिए । उनलाई गृह मन्त्रालय तानिएको हो । उनले रसुवाको नेतृत्व सम्हालेको करिब २ महिना मात्रै भएको थियो । आइतबार मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमल प्रसाद पाण्डेलाई रसुवाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको हो । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको अवस्थामा सीडीओ परियारको सरुवा भएको विषयले कर्मचारीवृत्तमा चर्चा चलेको छ । बाढीको समयमा विभिन्न समन्वय गर्दा पनि सम्पर्कमा नआएको भन्दै केही दिन अघि परियारको सार्वजनिक रुपमा आलोचना समेत भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *