भाटभटेनीको धरान स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं । भाटभटेनी सुपर मार्केटको धरानस्थित स्टोर भोलि (बुधबार)देखि पुनः सञ्चालनमा आउने भएको छ । धरानको पुतली लाइनमा रहेको भाटभटेनी सुपर स्टोर २०८३ भदौ २४ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ । भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको कम्पनीले जनाएको छ । स्टोर पुनः सञ्चालनमा आउने अवसरमा भाटभटेनीले ग्राहक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गरेको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा समेत ग्राहक तथा सरोकारवालाबाट निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *