आसिफको शतकमा नेपालले दियो यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । आसिफ शेखको शतक र गुल्सनकुमार झाको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ बनाएको हो । नेपालका आसिफले सर्वाधिक १०२ रनको योगदान गरे । उनले १०६ बलमा आठ चौका र चार छक्का प्रहार गरे ।

गुल्सनले ३८ बलमा चार छक्का र तीन चौकासहित ५२, अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र इशान पाण्डेले १३ रन जोडे । पहिलो विकेटका निम्ति आसिफ र अर्जुनले ९७ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए । यूएईका इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली र आदिब उस्मानीले एकरएक विकेट लिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *