पोखरा फाइनान्सको एक करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । समृद्धि फाइनान्स र साविकको पोखरा फाइनान्स मर्ज भएर पोखरा फाइनान्स लिमिटेड भएको छ । बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा इएफएल संकेतमा मर्ज भएको कम्पनीको एक करोड ९० लाख १४ हजार ६८० कित्ता सेयर सूचीकृत भएको हो । दुवै फाइनान्स एक कित्ता बराबर एक कित्ता सेयरको अनुपातमा मर्जरमा गएका थिए । मर्जमा गएपछि बुधबार नेप्सेमा दुवै कम्पनीको सेयर गाभिएर पीएफएल संकेतमा सूचीकृत भएका हुन् । नेप्सेले आजै धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम स्टक एक्स्चेन्ज लिमिटेडमा कारोबार गर्नका लागि फुकुवा गरेको जनाएको छ ।

















