सर्वोच्चको मुद्दा फाँटमा आगलागी

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ । आगलागीका कारण महत्वपूर्ण कागजात, कुर्सी, टेबललगायत जलेर नष्ट भएका छन् । विद्युत् शर्ट भएर आगलागी भएको स्रोतले जानकारी दिएको छ । बिहानै शर्ट भएर आगलागी कारण कागजातसहित फाँटमा रहेका फर्निचर पनि जलेको पाइएको छ । २० र २१ नम्बर फाँटमा आगलागी भएको हो । नयाँ भवनको भुइँतलामा रहेका दुईवटा फाँटमा आगलागी भएको स्रोतले जानकारी दियो । यसअघि सर्वोच्च अदालतमा दुई साताअघि पनि आगलागी भएको थियो । त्यसबेला अन्डरग्राउन्डमा रहेको कार्यालयमा आगलागी भएको थियो । त्यस विषयमा अहिले पनि अनुसन्धान जारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *