मुग्लिन नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द
काठमाडौं । लगातारको वर्षाका कारण मुग्लिन(नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो। सवारी आवागमन बन्द रहने भएकाले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न प्रशासनले अनुरोध गरेको छ।


















